aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

एनएमबि बैंकको ऋणपत्र बाँडफाँट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १२ जेठ २०७८
एनएमबि बैंकको ऋणपत्र बाँडफाँट

काठमाडौं । एनएमबि बैंक लिमिटेडले जेठ २ गतेदेखि ६ गतेसम्म विक्री गरेको ऋणपत्र बाँडफाँट गरेको छ । बैंकले रू. २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र विक्री गरेको हो । 

तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरुलाई जेठ ११ गते ऋणपत्र बाँडफाँट गरेको बैंकले जानकारी दिएको छ । बैंकले १० वर्षे अवधिको वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदर भएको “एनएमबि ऋणपत्र ८.५–२०८७/८८” नामको ऋणपत्र विक्री गरेको हो । 

प्रति ऋणपत्र १ हजार दरको कुल कित्ता ऋणपत्र मध्य बैंकले १२ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई विक्री गरेको थियो भने ८ लाख कित्ता सर्वसाधारणमा विक्री गरेको हो । 

यो ऋणपत्र खरिदका लागि आवेदन दिदाँ न्यूनतम २५ कित्तादेखि अधिकतम ८ लाखकित्तासम्म माग गर्न सकिने व्यवस्था थियो । यो ऋणपत्र विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस