aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सिभिल बैंकको शाखा बर्दियाको सितला बजारमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ असार २०७६
सिभिल बैंकको शाखा बर्दियाको सितला बजारमा

बर्दिया । सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बर्दियाको सितला बजारमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन बढैयाताल गाउँपालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले गरेका हुन् ।

शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकको प्रदेश नं. ५ का प्रदेश प्रमुख किरण धमला, सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।

सितला बजार शाखा सहित सिभिल बैंककोे कुल शाखा संख्या ८६ पुगेकोे पनि बैंकले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस