
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख ५ हजार ५९२ कित्ता संस्थापक शेयर लिलामीमा विक्री गर्ने भएको छ । कम्पनीले उक्त शेयर जेठ १३ गतेदेखि २० गतेसम्म लिलामीमा विक्री खुला गर्ने भएको हो । प्रतिशेयर न्यूनतम मूल्य रू. ५५० तोकिएको यो शेयरमा बोलकबोल गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गर्नुपर्नेछ ।
शेयर खरिदका लागि बोलकबोल गर्दा न्यूनतम २ हजार कित्ता देखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र जेठ २३ गते अपरान्ह ३ बजे एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालय लाजिम्पाट, काठमाडौंमा खोलिनेछ ।
शेयर खरिद गर्न चाहने आवेदकहरुले विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालय लाजिम्पाट, काठमाडौंमा आवेदन बुझाउन सक्नेछन् । पछिल्लो कारोबार दिन कम्पनीको अन्तिम शेयरमूल्य रू. १ हजार ७३९ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस