aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

एनएमबि बैंकको १५ वर्षे अवधिको उर्जा ऋणपत्र खरिद गर्ने आज अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १३ जेठ २०७८
एनएमबि बैंकको १५ वर्षे अवधिको उर्जा ऋणपत्र खरिद गर्ने आज अन्तिम दिन

काठमाडौं । एनएमबि बैंकले जेठ ९ गतेदेखि निष्कासन गरेको १५ वर्षे अवधिको उर्जा ऋणपत्र खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले ४ प्रतिशत ब्याजदरको ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९२/९३’ नामको रू. १ अर्ब ५० करोड बराबरको ऋणपत्र बिक्री खुला गरेको हो । 

प्रति ऋणपत्र रू. १ हजार दरको कुल १५ लाख कित्ता ऋणपत्रमध्ये ९ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने बाँकी ६ लाख कित्ता सर्वसाधारणमा बिक्री गर्नेछ । सर्वसाधारणमा विक्री गर्ने कुल कित्तामध्य पनि बैंकले ५ प्रतिशतका दरले ३० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी ५ लाख ७० हजार कित्ता ऋणपत्र सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा ल्याएको हो । 

सार्वजनिक निष्कासनमा आएको ऋणपत्रमा मात्र आवेदन दिन सकिनेछ । आवेदन दिदाँ न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि दिन सकिने व्यवस्था छ । यो ऋणपत्र खरीदका लागि छिटोमा जेठ १२ र ढिलोमा जेठ २३ गतेसम्मको मिति तय गरिएको थियो । बुधवार सार्वजनिक विदा परेकाले बैंकले बिहीवारसम्म ऋणपत्र विक्री खुला गर्न लागेको हो । 

ऋणपत्र विक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै ऋणपत्र खरिदका लागि आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तीनका शाखा कार्यालयसँगै मेगा शेयर मार्फत पनि आवेदन दिन सकिनेछ । बैंकलाई क्रेडिट रेटिङ्ग एजेन्सी इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ ए माईनस रेटिङ्ग प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त सुरक्षित रहेको र यस्ता संस्थाहरुमा न्यून कर्जा जोखिम रहेको संकेत गर्दछ । 
 

प्रतिक्रिया दिनुहोस