aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

बैंक तथा वित्तीय संस्थाको निक्षेप ११ प्रतिशतले वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १४ जेठ २०७८
बैंक तथा वित्तीय संस्थाको निक्षेप ११ प्रतिशतले वृद्धि

काठमाडौं । आर्थिक वर्ष २०७८ को फागुन महिनासम्म बैंक  तथा वित्तीय संस्थाको निक्षेप ११.० प्रतिशतले वृद्धि भई  ४१ खर्ब ६० अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । त्यस्तै कर्जा प्रवाह १७.५ प्रतिशतले वृद्धि भई  ३८ खर्ब ४६ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ। 

शुक्रबार अर्थमन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७ ७८  को आर्थिक सर्वेक्षणमा उल्लेख छ । त्यस्तै, कोभिड-१९ बाट प्रभावित उद्योग व्यवसायलाई सहयोग पुर्‍याउने उद्देश्यले सहुलियत दरमा प्रदान गरिने पुनरकर्जा प्रवाह विस्तार गरिएको छ।

 २०७७ फागुन मसान्तसम्म ४८ हजार ८ सय ३१ ऋणीको कुल १ खर्ब ४२ अर्ब १७ करोड रुपैयाँ पुनरकर्जा स्वीकृत भएको छ। २०७७ फागुन मसान्तमा ८८ अर्ब ८६ करोड पुनरकर्जा लगानीमा रहेको मन्त्रालयलले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ।
 

प्रतिक्रिया दिनुहोस