aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

सिवाईसी नेपाल र शालिग्राम लघुवित्त वित्तीय एक अर्कामा विलय हुने प्रस्ताव पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १४ जेठ २०७८
सिवाईसी नेपाल र शालिग्राम लघुवित्त वित्तीय एक अर्कामा विलय हुने प्रस्ताव पारित

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. बागलुङको प्रथम विशेष साधारण सभा शुक्रबार बागलुङ बजारमा भर्चुयोल (विद्युतीय) माध्यमबाट सम्पन्न गरेको छ । सञ्चालक समितिका अध्यक्ष पद्मनाथ शर्माले शालिग्राम लघुवित्त वित्तीय संस्था लि. बेनी म्याग्दीलाई प्राप्ति (एक्विजिसन) गर्नका लागि गरेको प्रस्ताव सभाले पारित गरेको हो । 

विशेष साधारण सभाले सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. र शालिग्राम लघुवित्त वित्तीय संस्था लि. बीच भएका प्रारम्भिक सहमति तथा अन्तिम सम्झौतापत्रहरुको अनुमोदन गरेको छ । सिवाईसी नेपालको १०० कित्ता सेयरलाई शालिग्रामको ७५ कित्ता सेयर (१ः०.७५) दिने गरी सेयर मूल्य अनुपात कायम गरिएको छ ।

प्राप्ति गर्ने कार्य सम्पन्न भएपश्चात् हुने संस्थाको अधिकृत पूँजी, जारी पूँजी, चुक्ता पूँजी, शेयर संरचना बमोजिम संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव समेत पारित भएको   छ ।

उक्त सभाले वित्तीय संस्थाको तर्फबाट अन्य कुनै वित्तीय संस्था प्राप्ती गर्ने वा एक आपसमा गाभ्ने÷गाभिने सम्बन्धि आवश्यक सहमति र सम्झौता गर्ने लगायत गाभ्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धमा आवश्यक कामहरु गर्न सक्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारण सभामा संस्थाको मुख्य प्रवद्र्धक संस्था चारतारे युवा क्लव नेपालका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथी चण्डिप्रसाद शर्मा पौडेलले पछिल्लो समयमा लघुवित्त संस्थाहरुमा देखिएको सदस्यहरुको दोहोरोपना र संस्थाहरु विचको अस्वस्थ प्रतिस्पर्धालाई न्यूनीकरण गर्न संस्थाहरु एक अर्कामा गाभिने वा प्राप्ती हुनै पर्ने धारण व्यक्त गरेका थिए  । 

संस्थाका अध्यक्ष पद्मनाथ शर्माको अध्यक्षतामा सम्पन्न उक्त सभामा अध्यक्षको आज्ञाले संचालक समितिको तर्फबाट प्रवन्ध सञ्चालक डोलिन्द्रप्रसाद शर्माले प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त सधारण सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत प्रतिवेदन माथि शेयरधनीहरुको जिज्ञासा र उठेका प्रश्नहरुमा संस्थाको तर्फबाट प्रवन्ध सञ्चालक शर्माले स्पष्ट पारेका थिए ।

सभामा शेयरधनी महेन्द्रकुमार गिरी, कृष्णप्रसाद सापकोटा, प्रकाश रिजाल लगाएतले आफ्ना भनाई राखेका थिए । सभाको सञ्चालन संस्थाका कम्पनी सचिव चन्द्रप्रसाद ढकालले गरेका थिए ।

यसैबीच, शालिग्राम लघुवित्त वित्तीय संस्था लि. को शुक्रबार सम्पन्न विशेष साधारण सभाले समेत संस्थालाई सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लि. ले प्राप्ति गर्न स्वीकृति प्रदान गरिसकेको छ । दुबै संस्थाको विशेष साधारण सभाले स्वीकृति दिएसँगै सिवाईसी नेपाललाई शालिग्राम लघुवित्त वित्तीय संस्था लि. प्राप्ति गर्नका लागि बाटो खुलेको हो ।

प्रतिक्रिया दिनुहोस