aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

इन्फिनिटी लघुवित्त र नेपाल एग्रोलाई प्राप्तिका लागि सैद्धान्तिक सहमति आयो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १४ जेठ २०७८
इन्फिनिटी लघुवित्त र नेपाल एग्रोलाई प्राप्तिका लागि सैद्धान्तिक सहमति आयो

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल एग्रो लघुवित्त संस्थालाई नेपाल राष्ट्र बैंकले एक अर्कामा प्राप्तिको सैद्धान्तिक सहमति दिएको छ । इन्फिनिटी लघुवित्त वित्तीय कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं.१८ विन्ध्यावासिनीमा केन्द्रीय कार्यालय रहेको नेपाल एग्रो लघुवित्त संस्था लिमिटेडलाई प्राप्ति गर्नको लागि दुबै संस्थाका सञ्चालक समितिबाट प्रारम्भिक सम्झौतालाई अनुमोदनपछि नेपाल राष्ट्र बैंकमा सैद्धान्तिक सहमति दिएको हो ।

नेपाल राष्ट्र बैंकबाट मिति २०७८ जेष्ठ ११ गते सैद्धान्तिक सहमतिपत्र प्राप्त भएको व्यहोरा जानकारीको लागि अनुरोध छ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले हाल २९ जिल्लामा ५९ वटा शाखा कार्यालय मार्फत ५१ हजार भन्दाबढी सदस्यलाई सेवा पु¥याएको, रू. ३ अर्व ३२ करोड कर्जा लगानीमा रहिरहेको र सदस्यहरूले संस्थामा रू. ८७ करोड निक्षेप जम्मा गरेको छ । 

संस्थाले नवीनतम प्रविधि प्रयोग गर्दै गुणस्तरीय सेवाहरु दिइरहेको, निक्षेप र कर्जा सेवा ग्राहकको आवश्यकता अनुसार स्वीकार गरी उपलब्ध गराएको, समय सापेक्ष उद्यमी बन्न तालीम उपलब्ध गराई रहेको, रेमिटयान्स सेवा, मिसकल बैंकिङ्ग सुबिधा, ग्राहक संरक्षण कोष मार्फत दैवी प्रकोपमा परेका सदस्यहरुलाई राहत, सुत्केरी सुबिधा प्रदान गरिरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस