aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

आजदेखि आरएमडीसी लघुवित्तको ४ लाखभन्दा बढी कित्ता संस्थापक शेयर लिलामीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १६ जेठ २०७८
आजदेखि आरएमडीसी लघुवित्तको ४ लाखभन्दा बढी कित्ता संस्थापक शेयर लिलामीमा

काठमाडौं । आइतवारदेखि आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको ४ लाख २७ हजार ५९५ कित्ता संस्थापक शेयर लिलामीमा आएको छ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको उक्त शेयर जेठ ३१ गतेसम्मका लागि लिलामीमा आएको हो । यो शेयरको मूल्य प्रतिकित्ता रू. ४७७ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

 शेयर खरिद गर्न चाहनेहरुले न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो शेयर बाँडफाँटमा प्राप्त गर्ने लगानीकर्ताहरुले कम्पनीद्वारा जेठ १६ गतेपछि घोषणा हुने लाभांश तथा बोनस शेयर समेत प्राप्त गर्न सक्नेछन् । शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस