aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

नबिल बैंकको कम्पनी सचिव परिवर्तन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १६ जेठ २०७८
नबिल बैंकको कम्पनी सचिव परिवर्तन

काठमाडौं । नबिल बैंकको कम्पनी सचिवमा प्रविण पौड्याल नियुक्त भएका छन् । बैंकका सचिव माधव प्रसाद रेग्मीले जेठ १५ गतेदेखि लागु हुने गरी बैंकको सेवाबाट राजिनामा दिएकाले सोही मितिदेखि लागू हुने गरी पौड्याललाई कम्पनी सचिवमा नियुक्त गरेको हो । 

कम्पनीको जेठ ७ गतेको सञ्चालक समितिको बैठकले पौड्याललाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । पौड्याल बैंकका कानून प्रबन्धक समेत रहेका छन् ।
 

प्रतिक्रिया दिनुहोस