aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

मुक्तिनाथ विकास बैंकले ल्यायो ‘गुगल प्लस कोड’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १६ जेठ २०७८
मुक्तिनाथ विकास बैंकले ल्यायो ‘गुगल प्लस कोड’

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो सबै कार्यालयहरुको स्थान पहिचान गर्न सहज होस भन्ने अभिप्रायले गुगल प्लस कोड सार्वजनिक गरेको छ । यो कोड गुगल नक्सामा टाईप गरेमा सो कार्यालय रहेको स्थान सजिलै पहिचान गर्न सकिन्छ । यस्तो कोड अद्यावधिक गर्ने नेपालको पहिलो बैंक हो । 

गुगल प्लस कोड गुगल नक्सामा आधारित जीपीएस प्रणालीले स्थान जनाउने कोड हो । सो कोडको प्रयोगले खोजेको स्थानको ढोका सम्मै पुग्न सकिन्छ । यो व्यवस्थाले बैंकको कार्यालय सम्म पुग्न चाहने महानुभावहरुलाई अझ सहज हुनेछ ।

यो कोड सम्बन्धित कार्यालयमा फोन गरेर वा बैंकको वेवसाईटमा शाखाको विवरण रहेको स्थानमा हरेक शाखाको कोडहरु उपलब्ध गराइएको छ । 
 

प्रतिक्रिया दिनुहोस