
काठमाडौं । एनएमबि बैंकद्वारा नेपालमै पहिलो पटक उर्जा ऋणपत्र जारी गरेकोमा ४ दिनमै मागभन्दा अत्याधिक आवेदन परेको छ । उक्त ऊर्जा ऋणपत्र जेठ ९ गते आईतबार देखि बिक्री खुल्ला गरिएकोमा पहिलो ४ कार्यदिन भित्रै अत्याधिक आवेदनको कारणले विक्रि बन्द गरिएको हो ।
एनएमबि बैंकले वार्षिक ४ प्रतिशत ब्याजदरमा १ अर्ब ५० करोड बराबरको १५ वर्षे अवधिको उक्त ऋणपत्र विक्री खुला गरेको थियोे । यस ऋण पत्रबाट प्राप्त कोषलाई जलविद्युत र अन्य नवीकरणीय उर्जा आयोजनाहरूमा लगानीको लागि उपयोग गरिने छ । हालसम्म बैंकले ऊर्जा क्षेत्रमा ४३ जलविद्युत परियोजनाहरु लगायत नवीकरणीय उर्जाको क्षेत्रमा कुल कर्जा सापटको १६ प्रतिशत भन्दा बढी रकमको प्रतिबद्घता गरिसकेको छ ।
उपर्यूक्त ऋणपत्र आह्वान गर्नुको मुलभुत उद्देश्य वास्तविक अर्थव्यवस्थाको समग्र विकासको लागि दिगो टेवा पु¥याउने प्रतिबद्घता अनुरुप उत्तरदायी भुमिका निर्वाह गर्दै बैंकिङ्ग सेवा प्रदान गर्नु रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस