aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

प्रभु बैंकको ८ प्रतिशत ब्याजदरको ऋणपत्र जेठ २६ गतेसम्म विक्रीमा रहने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १७ जेठ २०७८
प्रभु बैंकको ८ प्रतिशत ब्याजदरको ऋणपत्र जेठ २६ गतेसम्म विक्रीमा रहने

काठमाडौं । प्रभु बैंकले जेठ ११ गतेदेखि सार्वजनिक निष्कासनमा ल्याएको ऋणपत्र जेठ २६ गतेसम्म विक्रीमा रहने भएको छ । बैंकले १० वर्षे अवधिको वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरको १५ लाख ९७ हजार ५०० कित्ता ऋणपत्र सार्वजनिक निष्कासनमा ल्याएको हो । 

बैंकले कुल ४० लाख कित्ता ऋणपत्रमध्य २४ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई विक्री गर्नेछ भने १६ लाख कित्ताबाट २ हजार ५०० कित्ता सामूहिक लगानीकोषमा बाँडफाँट गरी बाँकी कित्ता ऋणपत्र सार्वजनिक निष्कासनमा ल्याएको हो । 

प्रभु बैंक डिबेञ्चर २०८७ नामको यो ऋणपत्र विक्रीको छिटो अवधिको मिति जेठ १६ गते रहेको थियो । उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेपछि ढिलो अवधि जेठ २६ गतेसम्म विक्री खुला गर्न लागेको हो । प्रति ऋणपत्र रू. १ हजार दरको यो ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिनेछ । 

विक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै ऋणपत्र खरिदका लागि आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तीनका शाखा कार्यालयसँगै मेरो शेयर मार्फत पनि आवेदन दिन सकिनेछ ।
 

प्रतिक्रिया दिनुहोस