aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

एनएमबि बैंकको कनेक्ट आइपीएसमा अनलाइन भेरीफाई कसरी गर्ने ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १७ जेठ २०७८
एनएमबि बैंकको कनेक्ट आइपीएसमा अनलाइन भेरीफाई कसरी गर्ने ?

काठमाडौं । एनएमबि बैंकका ग्राहकहरुले अब आफ्नो बैंक खाता कनेक्ट आइपीएसमा लिंक गरी अन्लाईनबाटै आफै भेरिफाइ गर्न सक्ने सुविधाबैंकले उपलब्ध गराएको छ । यस सुविधा सँगै बैंकका ग्राहकहरुले कनेक्टआइपीएसमा लिंक गरिएको खाताभेरीफाईगर्नका निम्ति बैंकको शाखापुग्नु पर्ने छैन । 

अनलाइनबाटै सम्पूर्ण प्रकृया पूरा गरी कारोबार गर्न सक्ने भएको बैंकले जनाएको छ । हालको समयमा बैंकका विभिन्न वैकल्पिक च्यानलहरु मार्फत पनि फण्ड ट्रान्स्फर तथा अन्य भुक्तानीका निम्ति कनेक्टआइपीएसको प्रयोग निकै बढ्दै गइरहेको छ । एनएमबि बैंकको यस अन्लाईन सुविधाको थालनीले बैंकका ग्राहकहरुलाई हालको लकडाउनको अवस्थामा थप सहजहुने विश्वास बैंकले गरिएको छ ।

अनलाइन self-verify गरिएकाखाताहरुकालागि बैंकले प्रतिदिन १ लाख रुपैयाँ तथा  प्रति महिना १० लाख रुपैयाँसम्मको कारोबार सीमाप्रदान गरेको छ भने connectIPSक्मा रहेको पूर्ण कारोबार सीमाको लागिभने ग्राहकले बैंकमाफर्म बुझाएर एक पटक भेरीफाई गराउनु पर्ने हुन्छ ।

अहिलेसम्म यसरी अन्लाईनबाट आफै भेरिmफाइ गर्ने सुविधा हाल १६ वाणिज्य बैंकहरु, ६ विकास बैंकहरु र १ फाइनान्स कम्पनीमा उपलब्ध रहेको छ भने अन्य बैंक वित्तिय संस्थाहरुमा पनि आवश्यक पहल भइरहेको छ ।  

अनलाइन भेरिफाइका लागि ग्राहकले connectIPSमा “Link Account”option भित्र आवश्यक विवरण दखिला गरी खाता लिन्क गर्ने हुन्छ । “Manage Account”  भित्र लिन्क गरिएको खातामा “Self-Verify Account” मा क्लिक गर्ने गर्न बैंकले जनाएको छ ।

त्यस्तै, रजिष्टर गरिएको मोबाईल नम्बरमा प्राप्त OTP (One-Time Password) दखिला गर्ने, अन्लाईन लिन्क गर्न खोजिएको खातामा जम्मा भएको दुइवटा रकमहरु (Micro Deposit)  दखिला गरी प्रकृया पूरा गर्ने हुन्छ । अब लिन्क गरिएको खातामार्फत मोबाईल एप र वेबबाट सजिलै कारोबार गर्न सकिन्छ ।

अन्लाईन आफै भेरिफाइ प्रकृयाको लागिभने ग्राहकले connectIPS मा रजिष्टर गरेको मोबाईल नम्बर र बैंकमा रहेको मोबाईल नम्बर भने एउटै हुनु पर्ने हुन्छ । आफै भेरिफाइ गरिएका खाताको कारोबार सीमा बैंकबाटै तोकिने हुँदा विभिन्न बैंक वित्तिय संस्थाले उपलब्ध गराएको सीमा फरक हुन सक्ने बैंकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस