
काठमाडौं । सानिमा बंैकले संस्थागत सामाजिक उत्तरदायित्वलाई बहन गर्ने क्रममा शिक्षा, स्वास्थ्य लगायत अन्य क्षेत्रहरुमा विपन्न वर्गका जनतालाई प्रत्यक्ष फाईदा हुने गरी विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।
यसै अनुरुप सानिमा बैंकले विगत ७ वर्ष देखि काठमाण्डौ उपत्यका बाहिरका प्रत्येक शाखाहरुबाट कक्षा ११ तथा १२ का लागि २–२ जना विद्यार्थीलाई विद्यार्थीकै रोजाईको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।
सोहि कार्यक्रमलाई निरन्तरता दिदैं यस बैंकले उच्च माध्यमिक तह (प्लस टु) अध्ययन गर्नका लागि काठमाण्डौ उपत्यका बाहिरका शाखाहरुबाट छात्रवृत्ति आवेदन खुल्ला गरेको छ । छात्रवृत्ति आवेदन श्रावण १० सम्म दिन सकिने जनाएको छ ।
यो छात्रवृत्ति बंैकले काठमाण्डौ उपत्यका बाहिरका सबै शाखाहरुबाट स्थायी बसोबास भएका गरीब तथा विपन्न वर्गका विद्यार्थीलाई उच्च माध्यमिक तह (प्लस टु) अध्ययनका लागि दिइदै आएको छ । यस छात्रवृत्ति सम्बन्धी विस्तृत जानकारीका लागि सानिमा बैंकको वेवसाइट www.sanimabank.com df मा log in गर्नु पर्ने छ ।
उक्त कार्यक्रम अन्तर्गत विद्यार्र्थीहरुलाई शैक्षिक संस्थामा लाग्ने शुल्कहरु तथा शैक्षिक सामाग्रीहरुका अतिरिक्त मासिक रु. २ हजार नगद वृत्ति सहित २ वर्षका लागि छात्रवृत्ति प्रदान गरिन्छ ।
प्रतिक्रिया दिनुहोस