
काठमाडौं । सानिमा बैक लिमिटेडले आफ्नो ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै मोबाईल बैकिङ एप सानिमा सजिलो ई –बैकिङ्गबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्ने भएको छ । जस अन्तर्गत सानिमा एक्सप्रेस (रेमिट्यान्स सेवा) मोबाइल बैकिङ एपमा थप गरिएको छ ।
यो सेवा संचालनमा आएसँगै बैंकका ग्राहकहरुले आन्तरिक रेमिट्यान्स सोझै मोबाईल बैकिङ्ग एपबाट पठाउन सक्नेछन् । रेमिट्यान्स रकम पठाउँदा मोबाइल बैकिङ्ग एपमा रहेको “सेन्ड रेमिट्यान्स” मार्फत् सोझै नगद वा बैकको खातामा जम्मा गर्न मिल्ने दुबै सुबिधा मध्ये एक रोज्न सक्नेछन् ।
यसरी बैंक खातामा पठाइएको रकम तुरुन्तै सम्बन्धित व्यक्तिको खातामा जम्मा हुनेछ । यसका साथै मोबाईल बैकिङ्ग एपमा रहेको “रिसिभ रेमिट्यान्स” प्रयोग गरी देश तथा विदेशबाट पठाइएको रेमिट्यान्स रकम सोझै आफ्नो बैक खातामा संकलन वा प्राप्त गर्न सक्नेछन् ।
ग्राहकहरुले देशका ७७ जिल्लामा रहेका १६ हजार आधिकारिक एजेन्टहरु मार्फत् रेमिट्यान्स रकम संकलन गर्न सकनेछन् । सानिमा बैकको रेमिट्यान्स सेवा सानिमा सजिलो ई बैकिङ्गको वेभ भर्सनमा पनि उपलब्ध छ ।
सानिमा बंैकको सातै प्रदेशमा हाल ८६ वटा शाखा, १७ विस्तारित काउन्टर र ९६ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस