aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

यूनाईटेड फाइनान्सको सिइओमा अजय मिश्र नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ बैशाख २०७६
यूनाईटेड फाइनान्सको सिइओमा अजय मिश्र नियुक्त

काठमाडौं । यूनाईटेड फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा अजयकुमार मिश्र नियुक्त भएका छन् । 
संस्थाको संचालक समितिको २३२औँ बैठकले मिश्रलाई सीईओ पदमा नियुक्त गरेको हो । समितिले गत वैशाख ६ गतेदेखि लागू हुने गरी मिश्रलाई संस्थाको सीईओमा नियुक्त गरेको हो ।

मिश्रले जनता बैंकको डिप्यूटी पदबाट केहि दिन अघिमात्र अवकास पाएका थिए । प्रुडेन्सियल फाइनान्सबाट वित्तीय क्षेत्रको करियर शुरु गरेका मिश्र सिद्धार्थ डेभलपमेन्ट बैैंकको सिइओ हुँदै सिद्धार्थ जनतासँग मर्ज भएपछि डिप्युटी सिइओ भएका हुन  । 

प्रतिक्रिया दिनुहोस