aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

अर्थमन्त्रीले भने–‘पुँजीबजारमा बुझेर लगानी गर्नुहोस्’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ असार २०७६
अर्थमन्त्रीले भने–‘पुँजीबजारमा बुझेर लगानी गर्नुहोस्’

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पुँजीबजारमा बुझेर लगानी गर्न लगानीकर्तालाई आग्रह गरेका छन् ।   नेपाल धितोपत्र बोर्ड र ओइसीडीद्वारा संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा आज सम्बोधनअर्थमन्त्री खतिवडाले  आफूले लगानी गर्ने कम्पनीका बारेमा बुझेरमात्रै लगानी गर्नुपर्ने बताएका हुन् ।

कम्पनीबारे नबुझी गरेको लगानीमा जोखिम बढी हुने  भन्दै , धेरै बिषय कम्पनीले प्रकाशित गर्ने वासलातमा आउँछ, कम्पनीको वासलात पढ्ने र साधारणसभामा प्रस्तुत भएका वार्षिक प्रतिवेदनको अध्ययन गर्नुपर्नु अर्थमन्त्री खतिवडाको भनाइ छ । उनले बजारलाई स्फूर्त सञ्चालनका लागि सरकारले खुला छाडेको उल्लेख गर्दै राम्रोसँग काम नगरे नियमनकारी निकाय र सरकारले हस्तक्षेप गर्ने बताएका छन्। 
अर्थमन्त्रीले नेपालमा वित्तीय कारोबार गर्ने बढे पनि अझै वित्तीय साक्ष्रताको कमी रहेको धारणा राखेका छन् । महिलामा वित्तीय साक्ष्रता बढाउनुपर्नेमा अर्थमन्त्रीको जोड थियो । 

प्रतिक्रिया दिनुहोस