काठमाडौं । साँग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा हुम्ला जिल्लाको सिमकोट गाउँपालिका कालिचोकमा सञ्चालनमा आएको छ । विकास बैंकको कुल शाखा संख्या ८६ पुगेको छ भने बैंकको थप ५ शाखा उद्घाटन गरेको बैंकले बताएको छ ।
शाखा कार्यालयको उदघाटन बैंकका संचालक समिति अध्यक्ष अच्यूत प्रसाद प्रसाई र सिमकोट गाउँ पालीकाका अध्यक्ष पदम बहादुर लामाले गरेका थिए । कार्यक्रममा सिमकोट गाउँ पालिकाका उपाध्यक्ष बली रावत लगायत वडाध्यक्षहरु, कार्यकारी प्रमुख एवं हुम्ला जिल्ला न्यायाधिश केशव बहादुर पाण्डे, प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गाना लगायत सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस