aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

एभरेष्ट बैंकका ग्राहकलाई नेपाल मेडीसिटी अस्पतालमा ७ प्रतिशत छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ असार २०७६
एभरेष्ट बैंकका ग्राहकलाई नेपाल मेडीसिटी अस्पतालमा ७ प्रतिशत छुट

काठमाडौं । एभरेष्ट बैंक लिमिटेका ग्राहकले नेपाल मेडीसिटी हस्पिटलमा उपचार गराउँदा ७ प्रतिशत छुट पाउने भएका छन् । मंगलबार बैंक र अस्पतालबीचमा विशेष छुटको व्यवस्था गर्न साझेदारी गरेको छ । 

बैंक र हस्पिटलबीच हस्ताक्षर भएको एमओयू अनुसार ग्राहकहरुले औषधि बिल, डिस्पोजेबल प्रत्यारोपण, ओपीडि परामर्श तथा प्याकेजहरु बाहेक अन्य सेवा–सुविधाहरुमा ७ प्रतशित छुट पाउँन सकिने बैंकले जनाएको छ । 

यस साझेदारी अनुसार एभरेष्ट बैंकका ग्राहकहरुले भिषा डेबिट कार्ड स्वाइप  गरेर उपलब्ध अफरहरुको लाभ लिन सक्नेछन् । एभरेष्ट बैंकले हाल आफ्ना ९४ वटा शाखाहरु, २८ राजस्व संकलन काउन्टर र ११९ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस