aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

तरलता व्यवस्थापन र ब्याजदरको सम्बोधन मौद्रिक नीतिबाट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २४ जेठ २०७८
तरलता व्यवस्थापन र ब्याजदरको सम्बोधन मौद्रिक नीतिबाट

काठमाडौं ।  राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले तरलताको उचित व्यवस्थापन र ब्याजदर स्थिरताका लागि मौद्रिक नीतिमार्फत सम्बोधन गर्ने बताएका छन । सोमबार नेपाल आर्थिक पत्रकार संघ(नाफिज) आगामी वर्षको बजेट र कायान्वयन चुनौति विषयक भर्चुअल कार्यक्रममा बोल्दै उनले बजारमा न्युन तरतलता हुँदा पैसा पठाउने र बजारमा अधिक तरतलता हुँदा प्रशोचन गर्ने नीति राष्ट्र रहेको पनि स्पष्ट पारे ।

सहुलियतपूर्ण कर्जालाई लक्षित वर्गसम्म पु¥याउने, पुनरकर्जालाई नतिजामूखी बनाउने लगायतका कामलाई राष्ट्र बैकले विशेष चासोका साथ अघि बढाउने भन्दै उनले आगामी मौद्रिक नीतिले बजेटमा अघि सारिएका कार्यक्रमहरु कार्यान्वयनका लागि स्पष्ट योजना अघि सार्न कार्यदलले काम थालेको प्रष्ट पारे । छलफलमा बोल्दै निजी क्षेत्रका छाता संगठनहरुले समग्रमा बजेट स्वागत योग्य भएपनि पूर्ण भने नरहेको बताए । 
 

प्रतिक्रिया दिनुहोस