aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र आजदेखि विक्री खुला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २५ जेठ २०७८
राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र आजदेखि विक्री खुला

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आजदेखि ऋणपत्र विक्री खुला गरेको छ । बैंकले वार्षिक साढे ८ प्रतिशत ब्याजदरको ६ वर्षे अवधिको कुल २५ लाख कित्ता ऋणपत्र विक्री खुला गरेको हो । 

८.५० प्रतिशत आरबिबि डिबेञ्चर, २०८३ नामको कुल कित्ता ऋणपत्रमध्य बैंकले १० लाख कित्ता सर्वसाधारणलाई विक्री गर्नेछ भने १५ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई विक्री गर्नेछ ।

सर्वसाधारणका लागि छुट्याएको प्रतिकित्ता रू. १ हजार दरको १० लाख कित्ता ऋणपत्र भने सार्वजनिक निष्कासन मार्फत बैंकले विक्री गर्न लागेको हो । छिटोमा जेठ २८ र ढिलोमा असार ८ गतेसम्म विक्रीमा रहने यो ऋणपत्र खरिदका लागि न्युनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

बैंकको ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । ऋणपत्र खरिदका लागि आस्बा सेवा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थासँगै तीनका शाखा कार्यालयमाफृत पनि आवेदन दिन सकिनेछ । 

साथै मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । बैंकको यो ऋणपत्रलाई केयर रेटिङ्ग नेपालले समयमै वित्तीय दायित्व पुरा गर्ने सन्दर्भमा प्रयाप्त मात्रामा सुरक्षा रहेको संकेत गर्ने केयर एनपी सिङ्गल ए प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस