
काठमाडौं । मंगलवारको कारोबारमा वित्त र विकास बैंकको शेयरमा लगानीकर्ताहरुको आकर्षण बढी देखिएको छ । सवा एक घण्टाको कारोबार अवधिसम्म वित्त समूहको सर्वाधिक ८ दशमलव ७२ प्रतिशत परिसूचक बढेको छ भने विकास बैंकको ८ दशमलव ६३ प्रतिशत बढेको छ ।
गोर्खाज फाइनान्स, श्री इन्भेष्टमेण्ट फाइनान्स, जानकी फाइनान्स, समृद्धि फाइनान्स, सांग्रिला डेभलमेण्ट बैंक र ग्रिन डेभलपमेण्ट बैंकको शेयरमूल्य १० प्रतिशतले बढेको छ । यी वाहेक अन्य २० कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ ।
प्रतिक्रिया दिनुहोस