aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

उदयपुरमा नबिल बैंकको एटीएम तोडफोड गर्ने एक पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २५ जेठ २०७८
उदयपुरमा नबिल बैंकको एटीएम तोडफोड गर्ने एक पक्राउ

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा नंन ११ गाइघाटमा नबिल बैंकको एटीएम मेसिन तोडफोड गरिरहेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मधुवनी ग्राम पञ्चायत लौकाहा घर भई हाल त्रियुगा नगरपालिका–३ बस्ने १८ वर्षीय किशोर रहेका छन् ।  

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ती किशोरलाई एटीएम मेसिन तोडफोड गर्दैगर्दा सोमबार राति प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेको किशोरमाथी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस