aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

एसबी सल्युसनसँगको सहकार्यमा मेगा बैंकले सुरु गर्यो ऋण अटोमेसन प्रणाली

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २५ जेठ २०७८
एसबी सल्युसनसँगको सहकार्यमा मेगा बैंकले सुरु गर्यो ऋण अटोमेसन प्रणाली

काठमाडौं । मेगा बैंक लिमिटेडले एसबी सल्युसन प्रालिसँग सहकार्य गरेर क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणालीलाई लाइभ गरेको छ । यसले अनलाइन ऋण आवेदन, इन्टर्नल ऋण वर्कफ्लो, जोखिम मूल्याकंन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्ने गर्दछ । 

मेगा बैंक लिमिटेडका प्रमुख व्यवसाय अधिकारी अमित श्रेष्ठ र एसबी सल्युसनका अध्यक्ष विपुल ढकालले आ–आफ्नो संस्थाको तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका छन् । 

क्रेडिट–एक्स (ऋण अटोमेसन प्रणाली) को थालनी सँगै, बैंकहरूले पूर्ण रूपमा कागज निर्भर ऋण कार्यप्रवाह गर्न सक्षम हुनेछन् । यसले प्रणाली भित्र जोखिम प्यारामिटरहरूको अनुगमन गरेर ऋण लिएका ग्राहकहरूसँग सम्बन्धित जोखिम न्यूनीकरण गर्नलाई पनि सहयोग पुर्याउनेछ । यो नयाँ तरिकले बैंकलाई द्रुत गतिमा ऋण प्रक्रिया पूरा गर्न मद्दत गर्दछ । प्रणालीले जमानत र गैर जमानत बेस लोन पनि प्रोसेस गर्ने गर्दछ ।

ऋण स्वचालन प्रणाली अन्तर्राष्ट्रिय मापदण्ड अन्र्तगत रहेको रेटिंगको दृष्टिकोणमा निर्माण गरिएको छ । यो स्वायत्त सिस्टम, प्रणालीले संचालित ग्राहकको उद्देश्य मूल्याकनका साथसाथै विषयगत प्यारामिटरहरूको मानकीकरणको रुपमा पनि रहेको छ । 

यस नयाँ प्रणाली कार्यान्वयन भएसाथै, बैंक र अन्तका उपभोक्ताहरूले प्रशोधन र स्वीकृति प्रक्रियाको टर्न अराउन्ड समयमा ५० प्रतिशत भन्दा बढी कटौतीको अनुमानित लाभ लिन पाउनेछन् । थप रूपमा, बैंकले एसबी सल्युसनले निर्माण गरेको अनलाइन ऋण योग्यता सेवा पनि सुचारु गर्दैछ, जसले ग्राहकहरूलाई अनलाइन ऋण योग्यता जाँच गर्न र बैंकले प्रस्ताव गरेको अनलाइन पोर्टल मार्फत कुनै पनि ऋण प्रडक्टको लागि आवेदन दिन सहयोग पुर्याउने बैंकले विश्वास लिएको छ । 
 

प्रतिक्रिया दिनुहोस