
काठमाडौं । पछिल्लो समय नेपाल धितोपत्र बोर्डले नबिल र एनआईसी एशिया बैंकलाई ऋणपत्र निष्कासन गर्न अनुमति प्रदान गरेको छ ।
बोर्डले नबिल बैंकलाई ८ प्रतिशत ब्याजदरको ७ वर्षे अवधिको रू. ३ अर्ब बराबरको ३० लाख कित्ता र एनआईसी एशिया बैंकलाई ८ दशमलव ५ प्रतिशत ब्याजदरको रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न अनुमति दिएको हो । नबिललाई जेठ ११ गते र एनआईसी एशियालाई जेठ २० गते बोर्डले ऋणपत्र विक्रीको अनुमति दिएको हो ।
एउटै अनुपातमा ऋणपत्र विक्रीको अनुमति पाएका यी दुबै बैंकले कुल कित्तामध्य व्यक्तिगत तवरबाट रू. १ अर्ब ८० करोड बराबरको ऋणपत्र विभिन्न संघ संस्थाहरुलाई विक्री गर्नेछन् भने रू. १ अर्ब २० करोड बरारबको ऋणपत्र सर्वसाधारणमा विक्री गर्नेछ ।
सर्वसाधारणका लागि छुट्याएको मध्यबाट पनि ५ प्रतिशत सामूहिक लगानीकोषको लागि सुरक्षित गरी बाँकी सार्वजनिक निष्कासनमा ल्याउनेछ । नबिलको ऋणपत्र विक्री प्रबन्धकमा हिमालयन क्यापिटल र एनआईसी एशिया बैंकको ऋणपत्र विक्री प्रबन्धकमा सन्राइज क्यापिटल रहेको छ ।
प्रतिक्रिया दिनुहोस