aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सिटिजन बैंकले सिर्जना फाइनान्स प्राप्तिको आज निर्णय गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २७ जेठ २०७८
सिटिजन  बैंकले सिर्जना फाइनान्स प्राप्तिको आज निर्णय गर्दै

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल  र सिर्जना फाइनान्स लिमिटेडले  आज हुने विशेष साधारण सभाबाट एक अर्कामा प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गर्दैछन् । सिटिजन्स बैंक इन्टरनेशनलले बैंकको प्रधान कार्यालय नारायणहिटी पथ, काठमाडौंमा विहान ९ बजे र सिर्जना फाइनान्सले केन्द्रिय कार्यालय कलेज रोड, विराटनगरमा विहान ९ बजे सभा बोलाएको हो । दुबै कम्पनीले सभा भने भर्चुअल माध्यमबाट गर्ने भएका छन् ।

सिटिजन्स बैंक इन्टरनेशनले सिर्जन फाइनान्सलाई १०० बराबर ९५ कित्ता शेयर आदानप्रदान गर्ने सहमति अनुसार प्राप्ती गर्न लागेको हो । यी दुई कम्पनीविच जेठ ११ गते प्राप्ती सम्बन्धि अन्तिम सम्झौता भएको थियो । प्रारम्भिक सम्झौता भने गत माघ २८ गते भएको थियो । यसै आर्थिक वर्षभित्र संयुक्त कारोबार गर्ने गरी दुबै कम्पनीले प्राप्ती सम्बन्धि प्रस्ताव पारित गर्न लागेका हुन । 

विशेष साधारण सभा प्रयोजनका लागि सिटिजन्स बैंक इन्टरनेशनलले जेठ २१ गते एक दिन र सिर्जना फाइनान्सले जेठ १८ गते एक दिन बुक क्लोज गरेका छन् । दुबै कम्पनीको विशेष साधारण सभाले प्राप्ती प्रयोजनका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत गर्नेछ ।

 सिर्जना फाइनान्सलाई प्राप्ती गरेपश्चात सिटिजन्स बैंकको चुक्तापूँजी रू. १२ अर्ब ५७ करोड ६९ लाख २३ हजार पुग्नेछ । बैंकले सिर्जना फाइनान्सको १०० कित्ता बराबर ९५ कित्ता दिने गरी शेयरमूल्य अनुपात दिने गरी प्राप्ति गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस