
काठमाडौं । नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले विराटनगर अस्पतँलमा विशेष छुट पाउने भएका छन् । नबिल बैंक र विराटनगर अस्पताल (विराट नर्सिङ होम एण्ड बिराट मेडिकल कलेज) बिच सम्झौता भएपति विशेष छुट पाउने भएका हुन । उक्त सम्झौता बमोजिम विराटनगर अस्पतालले नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ता र शेयरधनीहरुलाई विशेष छुट र सुविधाहरु प्रदान गर्नेछ ।
“ग्राहकहरुलाई अधिक सेवा प्रदान गर्ने हाम्रो प्रयासको निरन्तरता स्वरुप विराटनगर अस्पतँलसंगको यस सम्झौताले हाम्रा कार्ड प्रयोगकर्ताहरुलाई स्वास्थ्य सेवामा लाभ पुग्ने विश्वास नबिल बैंकका विराटनगर शाखाका शाखा प्रबन्धक राजेश दासले व्यक्त गरे ।
“नेपाली नागरिकहरुलाई अधिक सेवा पु¥याउने हाम्रो प्रतिबद्धता अनुरुप नबिल बैंकसंग सहकार्य गर्न पाउ“दा खुसी लागेको साथै यस सम्झौताले थप एक कदम अगाडि बढ्न मद्दत पुग्ने विराटनगर अस्पतालका निर्देशक सुनिल तपरियाले बताए ।
४०० बेड सहितको स्वास्थ्य संस्था, विराटनगर अस्पताल प्रा. लि. ले १९ बर्ष देखि गुणस्तर एकीकृत स्वास्थ्य सेवा प्रदान गर्दै आएका छ ।
नबिल बैंकले ७९ वटा शाखाहरुको सञ्जाल, १३३ वटा एटिएमहरुको विशाल संरचना र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत् सेवा प्रदान गरेर आफ्ना सबै सरोकारवालाहरुसँगै अघि बढ्ने विश्वास लिएको छ ।
प्रतिक्रिया दिनुहोस