aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

सांग्रिला बैंकको डिवेञ्चरको बिक्री असार ६ गतेदेखि खुल्ने, ब्याज ९ प्रतिशत पाइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २८ जेठ २०७८
सांग्रिला बैंकको डिवेञ्चरको बिक्री असार ६ गतेदेखि खुल्ने, ब्याज ९ प्रतिशत पाइने

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमीटेडको १० वर्षे अवधिको ऋणपत्रको बिक्री आगामी असार ६ गतेदेखि खुल्ला हुने भएको छ । बैंकले रु. ७५ करोड रुपैयाँ ऋणपूँजी रकम बराबरको “सांग्रिला डेभलपमेन्ट बैंक डिवेञ्चर २०८७” को निष्काशन गर्न लागेको हो । 

असार ६ गतेदेखि निश्कासन हुने ऋणपत्रमा छिटोमा असार ९ गतेसम्म र ढिलोमा असार २० गतेसम्म आवेदन दिन सकिनेछ । वार्षिक ९ प्रतिशत ब्याजदर भएको ऋणपत्र प्रतिइकाई रु. १००० दरमा किन्न पाइनेछ । 

कुल निश्कासन हुने ७ लाख ५० हजार इकाई(युनिट) डिवेञ्चरमध्ये ४ लाख ५० हजार युनिट व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने ३ लाख युनिट सर्वसाधारणका लागि सार्वजनिक निश्कासनको माध्मयबाट बिक्री गरिने बैंकले जनाएको छ । 

सर्वसाधारणलाई सुरक्षित गरिएको ऋणपत्रका इकाईमध्ये ५ प्रतिशतले हुन आउने १५ हजार युनिट भने सामूहिक लगानी कोषहरुलाई बाँडफाँड भइसकेको छ । बैंकको ऋणपत्रका लागि निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ भने श्री नागरिक लगानी कोषसँग यसअघि नै डिवेञ्चर प्रत्याभूत सम्बन्धी सम्झौता समेत भइसकेको छ । 
 

प्रतिक्रिया दिनुहोस