aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

असार ६ गतेदेखि ३ अर्ब बराबरको ऋणपत्र विक्री गर्दै एनआईसी एशिया बैंक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २८ जेठ २०७८
असार ६ गतेदेखि ३ अर्ब बराबरको ऋणपत्र विक्री गर्दै एनआईसी एशिया बैंक

 काठमाडौं । एनआईसी एशिया बैंकले असार ६ गतेदेखि रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र विक्री गर्ने भएको छ । १० वर्षे अवधि तथा वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरको उक्त ऋणपत्र मध्य बैंकले १२ लाख कित्ता सर्वसाधारणमा र १८ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई विक्री गर्नेछ । सर्वसाधारणका लागि छुट्याएको मध्य ५ प्रतिशत दरको ६० हजार कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरिएको छ । 

छिटोमा असार ९ गते र ढिलोमा असार २० गतेसम्म विक्रीमा रहने यो ऋणपत्र खरिदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम १५ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ ।

यो ऋणपत्र विक्री प्रबन्धकमा सन्राइज क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थार  तीनका शाखा कार्यालयसँगै मेरो शेयर मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । यस बैंकलाई ऋणपत्र निष्कासन गर्न बोर्डले जेठ २० गते अनुमति दिएको हो । 
 

प्रतिक्रिया दिनुहोस