aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

इन्भेष्टमेन्ट र हिमालयन बैंकको मर्जमा कोरोना अवरोध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २८ जेठ २०७८
इन्भेष्टमेन्ट र हिमालयन बैंकको मर्जमा कोरोना अवरोध

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीचको मर्ज कोरोना संक्रमणका कारण ढिला हुने भएको छ । संयुक्त मर्जर कमिटिको बैठक बस्न नसकेका कारण मर्जको प्रक्रिया अगाडि बढ्न नसकेको मर्जर कमिटिका एक जना सदस्यले बताए । 

 हिमालयन बैंकको मानवसंशाधन विभाग प्रमुखलाई कोरोना भएका कारण कर्मचारी व्यवस्थापनको समस्या मिलाउनका लागि बैठक बस्ननसकेको स्रोतले बतायो । मर्जर कमिटिका सदस्यका अनुसार मर्जर  जस्तो जटिल विषयमा प्रत्यक्ष भेट नभए धेरै विषय टुंग्याउन सकिदैन अहिले प्रत्यक्ष भेट्ने समय नै छैन उनले भने । बैंकको कर्मचारी व्यवस्थापन, शाखा स्थानान्तरण र सफ्वेयरका विषयमा छलफल हुन नै नपाएको ती सदस्य बताउँछन् ।  

हिमालयन बैंकले नेपाल इन्भेस्टमेन्ट बैंकसँग मर्ज जानका लागि नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिइसकेको छ । असारभित्र नै मर्ज सकेर एकीकृत कारोबार गर्ने गरि मर्ज अगाडि बढेको गति रोकिएकोमा ती सदस्यले चिन्ता व्याख्त गरे ।  

बैशाखभित्र नै मर्जको प्रक्रियालाई अन्तिम रुप दिनेगरि तयारी भइरहेको थियो तर, हिमालयन बैंकका अध्यक्ष तुलसीराम गौतमको स्वास्थ्यका कारण समय दिन नसकेका कारण मर्ज प्रक्रिया केहि दिन ढिला शुरु भएको थियो । 

बजारमा नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको हैसियत करिब करिब उस्तै भएकोले शेयर स्वाप रेसियो १ बराबर १ नै हुने प्ररम्भिक अनुमान गरिएको भएपनि मर्जर कमिटिको संयुक्त बैठक बस्न नसकेकाले यो रेरियो कति हुन्छ भनेर अहिले भन्न सकिने अबस्था छै ।  

दुबै बैंकको डीडीए रिपोर्ट आइसकेकाले बोर्ड बैठकपछि व्यवस्थापनको संरचनाबारे सहमति हुनेछ । दुई बैंक मर्जर पछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक राणा बन्ने छन् भने बैंक अध्यक्ष पृथ्वी बहादुर पाँडे बन्ने सहमति प्रारम्भिक सम्झौतामा नै सहमति भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस