aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

सिभिल बैंकको सिइओमा सुनिलकुमार पोखरेल नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २८ जेठ २०७८
सिभिल बैंकको सिइओमा सुनिलकुमार पोखरेल नियुक्त

काठमाडौं । सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुनिलकुमार पोखरेल नियुक्त भएका छन् । बिहीबार बसेको बैंकको ३४५औँ सञ्चालक समितिको बैठकले चार वर्षका लागि पोखरेललाई सिइओमा नियुक्त गरेको हो ।

गत वैशाख १८ गते बैंकका तत्कालीन सिइओ गोविन्द गुरुङले राजीनामा दिएपछि डेपुटी सिइओ रहेका पोखरेल नियुक्त भएका हुन् । उनले २०७६ साल जेठ २ गतेदेखि सिभिल बैंकको डेपुटी सिइओमा नियुक्ति लिएका थिए । 

सञ्चालक समितिले आगामी असार १८ गतेदेखि लागू हुने गरी पोखरेललाई प्रमुख कार्यकारी नियुक्त गरेको हो । सन् १९९१ बाट बैंकिङ सेवामा प्रवेश गरेका पोखरेलसँग एनआइसी, नबिल, स्ट्यान्डर्ड चाटर्ड बैंक हुँदै म्यान्माको एशियन ग्रिन डेभलपमेन्ट बैंकमा काम गरेको अनुभव छ ।

स्वदेशी तथा विदेशी बैंकमा लामो समय काम गरेको अनुभव रहेका कारण उनलाई धेरैले विदेशी बैंकिङसम्बन्धी राम्रो ज्ञान तथा अनुभव भएको बैंकरका रुपमा लिने गरेका छन् । उनीसँग विदेशी बैंकमा तीन वर्ष काम गरेको अनुभव रहेको छ ।

प्रतिक्रिया दिनुहोस