aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 

बैंक घोटलामा मुछिएका हिरा व्यापारीलाई अदालतको अर्को झड्का

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २९ जेठ २०७८
बैंक घोटलामा मुछिएका हिरा व्यापारीलाई अदालतको अर्को झड्का

एजेन्सी । पञ्जाब नेशनल बैंक (पीएनबी) का घोटालाका अभियुक्त हिरा व्यापारी मेहुल चोकसीलाई डोमिनिकाको उच्च अदालतबाट ठूलो झडका लागेको छ ।   शुक्रबार अदालतले उनलाई जमानत दिन अस्वीकार गरेको छ ।  समाचार एजेन्सी एएनआईका अनुसार हाईकोर्टले चोकसीलाई जमानी लिन अस्वीकार गरेको हो । उनी अझै पनि भाग्न सक्ने सम्भावना रहेकाले जमानत नदिएको हो । 

 चोक्सीका वकिलहरूले अदालतमा तर्क गर्दै क्यारीकोम नागरिक भएको कारण मेहुलले जमानत पाउन पर्ने दावी गरेका थिए ।  उनका वकिलहरूले चोकसीको स्वास्थ्य राम्रो नभएको तर्क गरेका थिए । तर, सरकारी पक्षले भने उनका वकिलको तर्कलाई अस्वीकार गर्दै सतर्क रहन र थुनामा राख्न माग गरेका थिए ।  इन्टरपोलले उनको बिरूद्ध नोटिस जारी गरेको छ । 

यस अघि मेहुलकी श्रीमती प्रीतिले मेहुलकी कथित प्रेमिका बारबरा जाबेरिकाको आरोपलाई इन्कार गरेकी थिइन । केही दिन अघि सञ्चारकर्मीसँग कुराकानीमा जबरिकाले मेहुललाई नक्कली पहिचान दिने र अपहरणको गलत सिद्धान्त सिर्जना गरेको आरोप लगाएकी थिइन । यसमा, प्रीतिले बिहीबार जवाफ दिँदै उनका पतिको बदनाम भइरहेको आरोप लगाएकी थिइन । 

मेहुल चोकसी एन्टिगा–बार्बुडामा बस्दै थिए । दुई दिन पछि डोमिनिकामा समातिए ।  चोकसीले उनी आफ्नी प्रेमिका बारबरा जाबेरिकासँग थिए । त्यो समयमा उनको अपहरण भएको भन्ने आरोप समेत लगाएका थिए । 
 

प्रतिक्रिया दिनुहोस