काठमाडाैं । तीनवटा बाणिज्य बैंकहरूले बिभिन्न तहमा कर्मचारी माग गरेका छन । सेञ्चुरी कमर्सियल बैंक जनता बैंक र हिमालयन बैंकले एकैसाथ ठूलो संख्यामा कर्मचारी माग गरेका हुन ।
जनता बैंकले २ सय जना, सेञ्चुरी बैंकले १ सय ६९ जना र हिमालयन बैंकले ८६ जना गरी कुल ४ सय ५५ जना कर्मचारी माग गरेका छन ।
सेञ्चुरी कमर्सियल बैंकले १ जना डेपुटी म्यानेजर, १ जना असिस्टेण्ड म्यानेजर, तथा १२५ जना ट्रेनी असिस्टेण्टसहित बिभिन्न पदमा १६९ जना कर्मचारी माग गरेको हो । रोजगारीका लागि इच्छुक उम्मेदवारहरूले साउन १ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
त्यस्तै हिमालयन बैंकले ४३ जना सुपरभाइजर र ४३ जना जुनियर असिस्टेण्ड गरी कुल ८६ जना कर्मचारी माग गरेको हो । बैंकले माग गरेको ४२ जना सुपरभाइजका लागि फाइनान्स, बैंकिङ र अथएशास्त्रमा स्नातकोत्तर उत्तीर्ण हुर्ने र १ जना सुपरभाइजरका लागि एलएलबी उत्तीर्ण गरेको हुनुपर्नेे छ भने जुनियर असिस्टेण्टका लागि फाइनान्स, बैंकिङ र अर्थशास्त्रमा स्नातक उत्तीर्ण र २८ वर्ष ननाघेको हुनु पर्ने बैंकले जनाएको छ । हिमालयन बैंकमा राजगारीको लागि आवेदन दिन चाहानेहरूले साउन १ गतेसम्म आवेदन दिन सक्ने छन् ।
त्यसैगरी जनता बैंकले जुनियर असिस्टेन्ट १५० र म्यानेजमेन्ट ट्रेनी ५० जना गरी कुल २ सय जना कर्मचारी माग गरेको छ । बैंकको म्यानेजमेन्ट ट्रेनीमा आवेदन गर्न कम्तीमा ६० प्रतिशतसहित व्यवस्थापनमा स्नाताेकाेत्तर गरेको हुनुपर्नेछ भने ३० वर्ष उमेर ननाघेको हुनुपर्ने बैंकले जनाएको छ ।
जुनियर असिस्टेन्टको लागि भने कम्तीमा ५० प्रतिशतसहित व्यवस्थापनमा स्नातक उत्तीर्ण गरेको हुनुपर्नेछ । रोजगारीका लागि साउन ११ गतेसम्म आवेदन गर्न सकिने बैंकले जनाएकोे छ ।
प्रतिक्रिया दिनुहोस