aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

सिटिजन्स बैंकद्वारा विगत दुई आर्थिक वर्षको कर वापतको रकम बुझाउन अनुरोध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३१ जेठ २०७८
सिटिजन्स बैंकद्वारा विगत दुई आर्थिक वर्षको कर वापतको रकम बुझाउन अनुरोध

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले साविक तिनाउ मिसन डेभलपमेण्ट बैंकको बोनस शेयर वापत लाग्ने कर वापतको रकम भुक्तानी गर्न अनुरोध गरेको छ । सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ती गरी चैत  १४ गतेदेखि एकिकृत कारोबार सुरु गरेका हुन । सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई १००ः९६ को अनुपातमा शेयर आदानप्रदान गर्ने गरी प्राप्ती गरेको हो । 

तिनाउ मिसन डेभलपमेण्ट बैंकले गत आर्थिक वर्ष २०७६/७७ र अघिल्लो आर्थिक वर्ष २०७५/७६ का लागि वितरण गर्ने निर्णय गरेको बोनस शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामै जम्मा गर्ने भएकाले कर वापतको रकम स्वयम् शेयरधनीहरुलाईनै जम्मा गर्न बैंकले आग्रह गरेको हो । बैंकले गत आर्थिक वर्ष ६ प्रतिशत र अघिल्लो आर्थिक वर्ष १२ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको थियो । 

कर वापतको नगद लाभांश भने बैंकले नदिएकाले शेयरधनी आफैले जम्मा गर्नुपर्ने भएको हो । बैंकले कर वापतको रकम जम्मा गर्न बाँकी शेयरधनीहरुले सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड नारायणहिटिपथ, काठमाडौंमा रहेको सिबिआईएल क्यापिटल लिमिटेडको टिएमडिबिएल ट्याक्स नामको खाता नम्बर ००१०१००००४११९२०१ मा जम्मा गरेको भौचर स्क्यान गरी चतब२अदष्अिबउष्तब।िअयm मा पठाउन अनुरोध गरेको हो । बैंकको शेयर रजिष्ट्रारमा सिबिआईएल क्यापिटल रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस