aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

बैंकको कागजात किर्तेगरि ठगी गर्ने तीनजना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १८ असार २०७६
बैंकको कागजात किर्तेगरि ठगी गर्ने तीनजना पक्राउ

काठमाडौं । कृषि विकास बैंक लिमिटेड मुख्य शाखा कार्यालयको छाप , हस्ताक्षर र लेटरप्याड प्रयोग गरि किर्ते गरि अग्रिम भुक्तानी जमानत तयार गर्ने तीन जना पक्राउ परेका छन् । किर्तेमा संलग्न ३ जनालाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले आइतबार विभिन्न ठाउँबाट पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरुमा  झापा महारानी झोडाका ५४ वर्षीय छविलाल ढकाल,  धनकुटा महालक्ष्मी नगरपालिका(७ बस्ने ५३ वर्षीय रणधीर तुम्बा र ललितपुर महालक्ष्मी नगरपालिका(२ बस्ने बाजुराका ३८ वर्षीय देवजंग शाही रहेका छन् । उनीहरुमध्ये ढकाललाई भक्तपुरबाट, तुम्बालाई सुनसरी धरानबाट र शाहीलाई ललितपुरबाट प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ।

कृषि विकास बैंक लिमिटेड मुख्य शाखा कार्यालय, रत्नपार्क कार्यालयको छाप, दस्तखत तथा लेटरप्याड समेत अनाधिकृत रुपमा दुरुपयोग गरी उक्त बैंकको कर्पोरेट बैंकिङ कार्यालयमा कार्यरत तत्कालीन शाखा अधिकृत (निलम्बित) ढकाल तथा ःM/S MK-YP J/V  तुम्बा र शाही समेतको मिलेमतोमा बैंकबाट २०१६ जुन १० मा ५५ लाख ५० हजार रुपैयाँ र ४ नोभेम्बर २०१६ मा ५५ लाख ५० हजार रुपैयाँको किर्ते अग्रिम भुक्तानी जमानत तयार गरी विभिन्न ठेक्का सम्झौतामा पेश गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । उनीहरु उपर बैंकिङ कसुर तथा सजाय ऐन,  २०६४ बमोजिम आवश्यक अनुसन्धान भइरहेको सो व्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस