aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

माइक्रोफाइनान्सको एप्सबाट मोवाइल रिचार्ज र रकम ट्रान्फर गर्न मिल्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १८ असार २०७६
माइक्रोफाइनान्सको एप्सबाट मोवाइल रिचार्ज र रकम ट्रान्फर गर्न मिल्ने

काठमाडौं ।  नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड पांचौ बर्ष पुरा गरी छैठौं बर्षमा प्रबेश गरेको उपलक्ष्यमा संस्थाले मोवाइल बैकिङ र एसएमएस बैकिङको शुरुवात गरेको छ । 

धादिङ शाखाकी सदस्य कोपिला श्रेष्ठको खातामा ५०० रुपैयाँ जम्मा गरि उक्त मोवाइल बैकिङ सेवाको शुरुवात संस्थाका प्रमुख कार्यकारी अधिकृत  रामबहादुर यादवले गरेका थिए । संस्थाको मोवाइल बैकिङ सेवाबाट ग्तष्ष्तिथ एबथmभलत,  मोवाइल रिचार्ज तथा रकम ट्रान्फरको साथै अन्य सेवा प्राप्त गर्न सक्नेछन भने एस।एम।एस। बैकिङबाट सदस्यहरुले गरेको बचत तथा कर्जाको कारोवारको विवरण र अन्य सुचना एस।एम।एस। मार्फत जानकारी प्राप्त गर्न सकिने छ  । 

साथै संस्थाले पाचौ बार्षिक उत्सवका अवसरमा धादिङमा अवस्थित आमाको माया छात्रवासमा आश्र्रय लिएका अनाथ २५ जना बाल बालिकाकोलागी संस्थाका प्रमुख कार्यकारी अधिकृत  रामबहादुर यादवले एक थान कम्प्युटर, खेलकुद समाग्री लगायत आवश्यक अन्य भौतिक सामाग्री आमाको माया छात्रवासका अध्यक्ष डा. नविन वन्धु पहाडीलाई हस्तान्तरण गरिउको थियाृ ।

२०७१ आषाढ १८ गते देखि सन्चालनमा आएको यस संस्थाले हाल देशका ३८ जिल्लामा ५० वटा शाखा कार्यालय मार्फत ८० हजार भन्दा वढी घरधुरीलाई सेवा पुरयाइरहेको छ । हाल कर्जा लगानी करिब ४ अर्ब रुपैयाँ र बचत  १ अर्व २६ करोड रुपैयाँ रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस