
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा तरलता अभाव हुन थालको देखिएको छ । पछिल्लो एक हप्ताको तथ्यांक हेर्ने हो भने सरकारी बैंक र निजी क्षेत्रका बैंकमा पनि तरलता घट्न थालेको छ । असारमा निजी तथा सरकारी बैंकहरुले दोब्बरसम्म ब्याजदरमा वृद्धि गरेका छन् । निजी क्षेत्रका तथा सरकारी बैंकले तरलता कम भएका कारण असार १ देखि लागू हुनेगरि बढेको ब्याजदर समेत लागू गरिसकेका छन् ।
सरकारी खर्च कम भएका कारणले र बैंकहरुको ऋणको पैसा नउठेकाले बैंकमा तरलता कम भएको बैंकहरुले स्वीकारेका छन् । सरकारले असारमा खर्च गर्ने प्रवृत्तिका कारण अब असार अन्त्यमा वित्तीय क्षेत्रमा तरलता प्रयाप्त हुने आशमा छन् नेपाल बैंकर्स संघका सदस्य तथा माछापुच्छे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला ।
उनले भने, ‘सरकारले विभिन्न कम्पनी तथा ठेकदारहरुको रकम समेत तिर्ने यहि असार अन्त्यमा गर्ने भएकाले असारसम्ममा तरलता आउने छ । बैंकका ग्राहकरुले पनि यो लकडाउन कम हुँदै गएको अबस्थामा बैंकको ऋण पनि तिर्नुहुन्छ भन्ने आशमा छौं ।’
सरकारी खर्च नभएका कारणले बैंक तथा वित्तीय क्षेत्रमा तरलता कमी भएको एभरेष्ट बैंकमा प्रमुख कार्यकारी अधिकृत(भदौदेखि) नियुक्त भएका सुदेश खालिङ बताउँछन् । सरकारले रिपो मार्फत बजारबाट रकम उठाएका कारणले पनि बजारमा तरलता कमी भएको उनी बताउँछन् । उनले भने, ‘सरकारले बजारबाट रकम पनि उठाएको छ भने सरकारले तिर्न पर्ने भुक्तानी गर्न पर्ने रकम नदिएकाले पनि बजारमा तरलता अलि कम भएको हो उनले भने ।’
सरकारले असार अन्त्यमा खर्च गर्ने चलन नै बसालेको छ त्यसैले अब असार पनि लाग्यो अब वित्तीय क्षेत्रमा तरलता आउन थाल्ने उनको दावी छ । बैंक तथा वित्तीय क्षेत्रहरुका शाखाहरु लामो समयसम्म बन्द भएका कारणले पनि आमजनतामा रहेको रकम पनि वित्तीय क्षेत्रमा जम्मा हुन पाइरहेको छैन उनले बताए ।
प्रतिक्रिया दिनुहोस