
ललितपुर । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी गोदावरी नगरपालिका-१२ ठेचो बस्ने ४० वर्षीय हिरा महर्जनलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत ललितपुरको २०७२ पुस १५ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३ वर्ष कैद सजाय र बिगो समेत गरेको छ ।
१ करोड १५ लाख ३८ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई महानगरीय प्रहरी वृत्त चापागाँउबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा बुझाइएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस