aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

कर्पोरेट डेभलपमेण्ट बैंकद्वारा असार २५ गते साधारण सभा आव्हान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०४ असार २०७८
कर्पोरेट डेभलपमेण्ट बैंकद्वारा असार २५ गते साधारण सभा आव्हान

काठमाडौं । कर्पोरेट डेभलपमेण्ट बैंक लिमिटेडले असार २५ गते १३औं वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीको असार १ गतेको सञ्चालन समितिको बैठकले प्रधान कार्यालय वीरगंज, पर्सामा विहान ७ बजेर ३५ मिनेटमा सभा गर्ने निर्णग गरेको हो । सभाले गत आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि टुङ्गो लगाउनेछ ।

सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती प्रकृयामा जान आवश्यक भएका त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालन समितिलाई दिने निर्णय पनि गर्नेछ । साथै कम्पनीको कार्यक्षेत्र न्यूनतम जोडिएका पाँच जिल्ला हुने भएकाले हाल कार्यक्षेत्रमा जोडिएका एकै प्रदेशभित्रका बारा, रौतहत, सर्लाही र महोत्तरी जिल्ला थप गर्ने निर्णय पनि सभाले गर्नेछ । असार ४ गतेसम्म कायम शेयरधनीहरु मात्र सभाका लागि योग्य हुने कम्पनीको भनाई छ । 
 

प्रतिक्रिया दिनुहोस