aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

बैंक अफ काठमाण्डूको एकल लगानीमा जलविद्युत आयोजना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०४ असार २०७८
बैंक अफ काठमाण्डूको एकल लगानीमा जलविद्युत आयोजना

काठमाडौं । अप्पर इङ्गवा जलविद्युत आयोजनामा बैंक अफ काठमाण्डूले एकल लगानी गर्ने भएको छ । सो सम्बन्धि बैंक अफ काठमाण्डू र इङ्गवा जलविद्युतबीच गत जेठ ३१ गते सम्झौता भएको हो ।

९.७ मेगावाट उत्पादन क्षमता रहेको अप्पर इङ्गवा जलविद्युत आयोजनाको अनुमानित खर्च १ अर्ब ९५ करोड रुपैयाँ रहेको छ । इङ्गवा जलविद्युतले ताप्लेजुङ र पाँचथर जिल्लाको याङबाराक र सिदिङबा गाऊँपालिकामा उक्त जलविद्युत आयोजनाको निर्माण कार्य गरीरहेको छ । उक्त आयोजनामा बैंक अफ काठमाण्डूको एकल लगानी रहने छ ।

आयोजनामा कुल लागतको ७५ प्रतिशत बैंक कर्जा वापतको लगानी रहनेछ भने बाँकी २५ प्रतिशत इङ्गवा जलविद्युत लिमिटेडको लगानी रहनेछ । आयोजना पुरा भएपछि उत्पादित विद्युत अमरपुर सवस्टेसनमा जोडिनेछ ।

सबस्टेसनसम्मको आवश्यक १६ किलोमिटर लामो ३३ केभी प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ । साथै यस कर्जा लगानी पश्चात् यस जलविद्युत आयोजना निर्माणमा सहयोग पुग्ने र समयसिमामा नै आयोजनाको निर्माण कार्य सम्पन्न हुने विश्वास बैंकले लिएको छ ।

हालसम्म बैंक अफ काठमाण्डूले ९० शाखा कार्यालयहरु, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ । साथै, बैंक नेपालको उर्जा क्षेत्रहरु ९सौर्य तथा जलविद्युत० को बिकासको लागि बैंकिङ्ग क्षेत्रबाट लगानी गर्ने पहिलो बैंक रहेको तथा अग्रढी स्थानमा रही यस बैंकले विभिन्न ३७ वटा परियोजनामा लगानी गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस