aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

मल्टीपर्पस फिनांसको साधारण सभा आइतवार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०४ असार २०७८
मल्टीपर्पस फिनांसको साधारण सभा आइतवार

काठमाडौं । मल्टीपर्पस फिनांस कम्पनी लिमिटेडले असार ६ गते २३औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको केन्द्रिय कार्यालय राजविराज, सप्तरीमा बिहान ११ बजे सभा बोलाईएको हो । सभाले कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र कार्यक्षेत्र विस्तार गर्ने प्रस्ताव पारीत गर्नेछ । साथै आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्नेछन् । 

साथै आव २०७७/७८ को लागि लेखापरिक्षण गर्नको लागि लेखापरिक्षकको नियुक्त गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारीत गर्नेछ । कम्पनीले सभाका लागि लाभांश प्रस्ताव भने गरेको छैन् । हाल कम्पनीको चुक्तापूँजी रू. ४० करोड रहेको छ भने जगेडा कोष रकम रू. ४ करोड ६७ लाख ३८ हजार रहेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले रू.३ अर्ब ५ करोड ३८ लाख ७८ हजार खुद नाफा गरेको छ ।

 यस अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. ४ दशमलव ८ रहेको छ । यो साधारण सभाका लागि कम्पनीले जेठ २४ गते बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा जेठ २३ गतेसम्म शेयर कायम गरेको शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।
 

प्रतिक्रिया दिनुहोस