काठमाडौं । कोभिड–१९ महामारीबाट प्रभावित भएका ऋणीहरुलाई राष्ट्रिय वाणिज्य बैंकले छुटको योजना सार्वजनिक गरेको छ । २०७८ असार मसान्तभित्र कर्जाको किस्ता तथा ब्याज बुझाउने कोभिड—१९ बाट प्रभावित ग्राहकलाई बुझाउने प्रचलित ब्याज रकमको १० प्रतिशत रकम छूट प्रदान गर्ने निर्णय गरिएको हो।
यो छुट सुविधा देशका २४७ वटै शाखा कार्यालयमा उपलब्ध हुनेछ । यसबाट १ लाख ८० हजार भन्दा बढी ग्राहक लाभान्वित हुने बैंकले अपेक्षा गरेको छ । उद्योग व्यवसायको पूनरुत्थानको लागि नेपाल सरकारले वार्षिक बजेट तथा नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत विभिन्न नीतिगत सहूलियतका कार्यक्रमहरु ल्याएको छ ।
हाल कोभिड—१९ रोकथाम तथा नियन्त्रण गर्नको लागि जारी गरिएको निषेधा१ा तथा बन्दाबन्दीको विषम परिस्थतिका कारण कर्जा ग्राहकहरुको व्यवसायिक कारोवार बन्द रहेको तथा कर्मचारी कामदारहरुको रोजगारी गूमेको कारण नगद प्रवाहमा प्रतिकुल असर परेको छ ।
प्रतिक्रिया दिनुहोस