aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

आइतवारदेखि सांग्रिला डेभलपमेण्ट बैंकले ७५ करोड बराबरको ऋणपत्र निष्कासन गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०५ असार २०७८
आइतवारदेखि सांग्रिला डेभलपमेण्ट बैंकले ७५ करोड बराबरको ऋणपत्र निष्कासन गर्ने

 काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंक लिमिटेडले रू. ७५ करोड बराबरको ७ लाख ५० हजार कित्ता ऋणपत्र असार ६ गते आइतवारदेखि विक्री गर्ने भएको छ । बैंकले प्रतिकित्ता रू. १ हजार अंकित दरको कुल कित्ता ऋणपत्रमध्य सामूहिक लगानीकोष सहित सर्वसाधारणका लागि ३ लाख कित्ता र ४ लाख ५० हजार कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई विक्री गर्नेछ । 

१० वर्षे अवधि तथा वार्षिक ९ प्रतिशत ब्याजदर भएको सांग्रिला डेभलपमेण्ट बैंक डिबेञ्चर २०८७ नामको यो ऋणपत्र खरिदका लागि छिटोमा असार ९ र ढिलोमा असार २० गतेसम्म आवेदन दिन सकिनेछ । यो ऋणपत्र खरिदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । 

बैैंकको यो ऋणपत्रलाई इक्रा नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व पुरा गर्ने तथा कर्जा जोखिम मध्यम रहेको इक्रा एनपी डबल वि प्लस रेटिङ्ग प्रदान गरेको छ । यो ऋणपत्र विक्री गर्न कम्पनीले नेपाल धितोपत्र बोर्ड बैशाख ६ गतेनै अनुमति पाएको हो । यो ऋणपत्र विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस