काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्ष २०७८र७९ को मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ । सरकारले जेठ १५ गते ल्याएको आर्थिक बर्ष २०७८र७९ का लागि बजेटकोकार्यान्वयनका लागि आवश्यक पर्ने मौद्रिक नीतिका लागि राष्ट्र बैंकले सुझाव इमेल मार्फत संकलन गर्न शुरु गरेको हो ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था, व्यावसायिक संगठन तथा सम्बद्ध तथा व्यक्तिहरुलाई सरोकारवालाहरुबाट सुझाव माग गरेको हो । बैंकको आर्थिक अनुसन्धान विभागको इमेल ठेगाना [email protected] मा वा आर्थिक अनुसन्धान विभाग बालुवाटार काठमाडौंमा पत्राचार मार्फत समेत राय सुझाव पेश गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस