aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

३ अर्ब बराबरको एनआईसी एशिया बैंकको ऋणपत्र खरिदका लागि आवेदन खुला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०६ असार २०७८
३ अर्ब बराबरको एनआईसी एशिया बैंकको ऋणपत्र खरिदका लागि आवेदन खुला

काठमाडौं । एनआईसी एशिया बैंकले आज (असार ६ ) गतेदेखि रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र विक्री गर्ने भएको छ । कार्यालय समयपश्चात बैंकले १० वर्षे अवधि तथा वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरको उक्त ऋणपत्र मध्य १२ लाख कित्ता सर्वसाधारणमा र १८ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई विक्री खुला गर्ने भएको हो । सर्वसाधारणका लागि छुट्याएको मध्य ५ प्रतिशत दरको ६० हजार कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरिएको छ । 

प्रतिऋणपत्र रू. १ हजार दरको यो ऋणपत्र छिटोमा असार ९ गते र ढिलोमा असार २० गतेसम्म विक्रीमा रहनेछ । यो ऋणपत्र खरिदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम १५ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । यो ऋणपत्र विक्री प्रबन्धकमा सन्राइज क्यापिटल लिमिटेड रहेको छ ।

विक्री प्रबन्धसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थार तीनका शाखा कार्यालयसँगै मेरो शेयर मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । यस बैंकलाई ऋणपत्र निष्कासन गर्न बोर्डले जेठ २० गते अनुमति दिएको हो । 
 

प्रतिक्रिया दिनुहोस