aarthiknews.com शुक्रबार, २९ जेठ २०८३   Friday, 12 June, 2026
 

कामना बैंकको १२५ औँ शाखा ललितपुरको नख्खु दोबाटोमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०६ असार २०७८
कामना बैंकको १२५ औँ शाखा ललितपुरको नख्खु दोबाटोमा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममाप्रदेश नं ३ अन्तर्गत ललितपुर जिल्लाको ललितपुर महानगरपालिका वडा नं. १३ स्थित नख्खु दोबाटोमा आइतबार आफ्नो १२५औ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ । हालको विषम परिस्थितिलाई मध्यनजर गरी बैंकका अध्यक्ष सुदिप आचार्यले भिडियो कन्फरेन्स (भच्र्यूृवल)माध्यमद्वारा उक्त शाखाको उद्घाटन गरो हुन् । 

उक्त उद्द्धाटन कार्यक्रममा सम्पूर्ण सञ्चालकको भच्र्युवल उपस्थिति रहेको थियो । यसै अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पारेका थिए । 

बैंकले व्यवसायविस्तारको क्रममासमय सापेक्ष थपनवीनतम्प्रोडक्टहरु तथा वृहतशाखा सञ्जालमार्फत आफ्नाग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्गसेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत जानकारी दिइएको छ ।

यससंगै अब बैंकले १२५शाखा, १ विस्तारीत काउन्टर तथा ६६ वटा एटीएम मार्फत ग्राहकहरुलाई निरन्तर सेवा प्रदान गर्दै आएको छ । 
 

प्रतिक्रिया दिनुहोस