aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

थप तीन बैंकको बैंक डेज अफर पुनः शुरु गर्ने घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०७ असार २०७८
थप तीन बैंकको बैंक डेज अफर पुनः शुरु गर्ने घोषणा

काठमाडौं । अनलाइन बजार दराजले माछापुच्छ्रे बैंक, मेगा बैंक र हिमालयन बैंकसँग साझेदारी गरी १७ जुनदेखि बैंक डेज अफर पुनः सुरु गर्ने घोषणा गरेको छ । अफरमार्फत ग्राहकले कार्ड प्रि–पेमेन्ट गरे १५ प्रतिशत अर्थात् ५०० रुपैयाँसम्मको छुट पाउन सक्नेछन् । चार अन्य साझेदार बैंकमा सानिमा बैंक, एनआईसी एशिया बैंक, नबिल बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकसँग मिली बैंक डेज अफर पुनः सुरु गर्ने दराजले घोषणा गरेको छ । दराज बैंक डेजमार्फत ग्राहकले साताभरि दराजका साझेदार बैंकबाट छुट पाउनेछन् ।

माछापुच्छे, मेगा र हिमालयन बैंकका कार्डवाहकले हरेक बिहीबार दराज एपमार्फत यो प्रस्ताव प्राप्त गर्न सक्नेछन् । माछापुच्छे बैंकको डेबिट कार्ड भुक्तानीमा १० प्रतिशत अर्थात् ५०० रुपैयाँसम्मको छुट र क्रेडिट कार्ड भुक्तानीमा १५ प्रतिशत अर्थात् ५०० सम्मको छुट पाइनेछ । 

मेगा बैंक डेबिट कार्ड भुक्तानीमा १० प्रतिशत अर्थात् ५०० सम्मको छुट र क्रेडिट कार्ड भुक्तानीमा १५ प्रतिशत अर्थात् ५०० रुपैयाँसम्मको छुट दिइनेछ । हिमालयन बैंक प्रिपेड र क्रेडिट कार्ड भुक्तानीमा १५ प्रतिशत अर्थात् ५०० रुपैयाँसम्मको छुट दिइनेछ । यसैगरी दराज बैंक डेज अफरअन्तर्गत ग्राहकले साताभरि दराजका अन्य साझेदार बैंकबाट पनि छुट पाउनेछन् ।

सोमबार सानिमा बैंकको क्रेडिट कार्ड भुक्तानीमा ५०० रुपैयाँसम्मको छुट र डेबिट कार्ड भुक्तानीमा १० प्रतिशत अर्थात् ५०० सम्मको छुट पाइनेछ । 
यस्तै, बुधबार एनआईसी एशिया बैंकको क्रेडिट कार्ड भुक्तानीमा १५ प्रतिशत अर्थात् ५०० सम्मको छुट र डेबिट कार्ड भुक्तानीमा १० प्रतिशत अर्थात् ५०० सम्मको छुट पाइनेछ । 

शुक्रबार नबिल बैंकमार्फत १० प्रतिशत छुट, शनिबार स्ट्यान्डर्ड चार्टर्ड बैंकमार्फत १० प्रतिशत छुट अनलाइन भुक्तानीका लागि सक्रिय क्रेडिट र डेबिट कार्डबाट पाइने कम्पनीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस