aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

राष्ट्र बैंकले १ अर्ब ५ करोड निक्षेप उपलब्ध गराउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०७ असार २०७८
राष्ट्र बैंकले १ अर्ब ५ करोड निक्षेप उपलब्ध गराउने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले १ अर्ब ५ करोड रुपैयाँ वर्षे मुद्दती निक्षेप रुपमा रकम पाउने भएको छन् । नेपाल राष्ट्र बैंकले क वर्गका वाणिज्य बैंकहरुमा ८४ करोड रुपैयाँ, ख वर्गका राष्ट्रियस्तरका विकास बैंकहरुमा १५ करोड ७५ लाख तथा ग वर्गका वित्त कम्पनीहरुमा ५ करोड २५ लाख रुपैयाँ निक्षेपमा जम्मा गर्ने भएको हो। 

राष्ट्र बैंकले उपलब्ध गराउने निक्षेप पाउनका लागि न्यूनतम पुँजीकोष कायम रहेको, निष्क्रिय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम रहेको हुनुपर्ने छ । त्यस्तै खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको, रियल स्टेट कर्जा तोकिएको सीमाभन्दा बढी नभएको लगायतका शर्तहरु पालना गरेको हुनुपर्ने सर्त राखेको छ।

बैंक तथा वित्तीय संस्थाहरुले आफूले लिन चाहेको रकम ब्याजदरसहित बोलपत्रमा सहभागी हुन पाउने छन। राष्ट्र बैंकले बचत गर्ने यो रकमले तरलता सहजताका लागि सहयोग हुनेछ। 
 

प्रतिक्रिया दिनुहोस