काठमाडाैं । नबिल बैंक तथा लायन्स – मल्टिपल डिस्ट्रिक बिच मिति २५ जेष्ठ २०७६ एक बिशेष समारोह बिच लायन्स सदस्यहरुलाई नबिल भिषा क्रेडिट कार्ड दिने भएको छ ।
सम्झौता संगै अब नेपालका लायन्स सदस्यले नबिल बैंक मार्फत सहजै क्रेडिट कार्ड लिन सक्ने छ भने हरेक कार्ड बापत लायन्स क्लबको सामाजिक कार्यमा नबिल बैंकको सहकार्य रहने जनाइएको छ । .
उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्दै नबिल बैंकका नायब महाप्रबंधक बिनय कुमार रेग्मीले यस सहकार्यले लायन्स क्लब तथा सदस्य मात्र नभई सामाजिक कार्यमा समेत उलेख्य भूमिका रहनेमा बिस्वस्त रहेको जानकारी दिए ।
साथै लायन्स मल्टिपल डिस्ट्रिकका तर्फ बाट चेयरपर्सन डी. आर. खनालले उक्त कार्यको प्रशंसा गर्दै नबिल ै यसको फाइदा लिनसम्पूर्ण लायन्स सदस्यलाई आग्रह समेत् गरेका थिए ।
उक्त सम्झौता समारोहमा लायन्स क्लब २०१८ र १९ का चारै डिस्ट्रिकका गवर्नरहरु सुनिल ओझा, सुदर्शन धर प्रधानाङ्ग, अशोक श्रेष्ठ साथै अनन्त भेट्वालको उपस्तिथी रहेको थियो । .
सामाजिक हितका लागि सन् १९१७ मा स्थापना भएको लायन्स ४६ हजार क्लब तथा एक करोड चालिस लाख सदश्य भएको बिस्वकै ठुलो संस्था हो । करिब ३२ हजार सदस्य रहेको लायन्सले १ हजार २ सय क्लब मार्फत नेपालमा सामाजिक क्रियाकलाप गर्दै आइरहेको छ ।.
त्यसैगरी नबिल बैंकले आÏनो ७९ शाखा, १३३ एटीएम र १५०० भन्दा बेशी नबिल रेमिट एजेन्ट मार्फत देशै भर सेवा सुबिधा दिदै आइरहेको छ ।.
प्रतिक्रिया दिनुहोस