aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

आइ.एम.ई. लाइफ र आई.सि.एफ.सि. फाइनान्सबीच बैंकास्योरेन्स

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ असार २०७६
आइ.एम.ई. लाइफ र आई.सि.एफ.सि. फाइनान्सबीच बैंकास्योरेन्स

काठमाडौं । आइ.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र आई.सि.एफ.सि. फाइनान्स लिमिटेड काठमाडौँ बीच बैंक अस्योरेन्स सम्झौता भएको छ । 

उक्त बैंक अस्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट सहायक महाप्रवन्धक आशिष सिंह र आई.सि.एफ.सि. फाइनान्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तले हस्ताक्षर गरेको छ ।

सो बैंक अस्योरेन्स सम्झौता पश्चात् सर्वसाधारण तथा बैंकका ग्राहकहरुले आई.सि.एफ.सि. फाइनान्स लिमिटेडको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइ.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवनबीमा गराउनका साथै जीवनबीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्ने छन् ।

आइ.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ७५ शाखाहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको छ भने बिभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ । 
कम्पनीले सरल सावधिक, बालशिक्षा, आजिवन, नगदफिर्ता, साढे तीन गुणा रक्षावरण, नगदफिर्ता तथा आजिवन लगायतका बीमा योजनाहरू ल्याएको छ । 
 

प्रतिक्रिया दिनुहोस